काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान १०:३० बजेदेखि १०औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।
सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रीताव पारित गर्नेछ। साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गतेदेखि चैत्र १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो (फागुन २९) दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुने सूचनामार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्