Shikhar Insurance
National Life

राष्ट्रिय सभामा बादल हार्ने पक्का, यसकारण जित्दैछन् डा. देवकोटा

सिंहदरबार संवाददाता
२०७८ बैशाख २३, बिहीबार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमति प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री राम बहादुर थापा बादल हार्ने पक्का भएको छ । ओली एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका बादललाई माधव नेपाल समुहका डा. खिमलाल देवकोटाले कडा टक्कर दिँदैछन् । डा. देवकोटालाई काँग्रेस, एमाले(माधव नेपाल समुह), माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारका रुपमा अघि सारेका हुन् ।

बादलले सुर्य चिन्हबाट निर्वाचन लड्नेछन् भने डा. देवकोटाले माओवादीको गोलाकार भित्रको हसिया हथौडा चिन्हबाट चुनाव लड्दैछन् । विपक्षीहरुको साझा उम्मेदवार बन्दाको फाइदा त छदैछ साथमा उनलाई बागमति प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दाको फाइदा पनि छ । डा. देवकोटाले बागमति प्रदेशका सबै सांसद र स्थानीय तहका प्रमुख र उप प्रमुखहरुलाई व्यक्तिगत रुपमै चिन्छन् । माओवादीबाट एमाले ओली समुहमा लागेका बादल प्रति भन्दा डा. देवकोटा प्रति नै एमाले मतदाताहरुको झुकाव हुने देखिन्छ । डा. देवकोटा पुराना एमाले हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय सभाको उपनिर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । बागमती प्रदेशसभामा १ सय १० जना सांसद छन् । सोमध्ये एमालेसँग ५७ जना सांसद छन् । तिमध्ये माधव नेपाल समूहमा २२ जना सांसद छन् । माओवादी केन्द्रका २३ र कांग्रेसका २२ जना सांसद छन् । विवेकशील साझासँग ३ जना, राप्रपा र नेमकिपासँग २ जना सांसद छन् भने जसपासँग १ जना सांसद छन् ।

बादलको पक्षमा ३५ जना सांसद हुने देखिन्छ भने देवकोटाका पक्षमा ६८ जना सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २–२ जना गरी ७ जना सांसदको कता लाग्छन् ? एकिन भएको छैन् ।

स्थानीय तहमा एमालेका १ सय ३३ जना छन् । तिमध्ये ४५ प्रतिशत मतदाता माधव नेपाल समुहका छन् । कांग्रेसका ६७, माओवादी केन्द्रका ३३ र जसपाका १ जना छन् । राप्रपा र नेमकिपाका २–२ जना छन् । मतदान गर्न पाउने स्थानीय तहका मतदाता २ सय ३८ मध्ये एमालेसँग १ सय ३३ हुन्छ । विपक्षी गठबन्धनसँग भने १०१ जनामात्रै हुन्छन् । तर एमालेको १३३ मध्ये झण्डै आधा मतदाताले डा. देवकोटालाई भोट हाल्नेछन् । नेमकिपा र राप्रपाका मतादाताले कसलाई रोज्छन् ? त्यो हेर्न बाँकी छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्