Shikhar Insurance
National Life

निर्माणाधीन पाँच माटरेवल पुल अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १४:४८
Hyundai
NCELL
NIMB

ढोरपाटन । वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएको छ । सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भइरहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा पुगेको हो ।

बागलुङ र म्याग्दी जिल्लाको विभिन्न खोलामा बन्दै गरेका पुल सम्पन्न गर्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । जैमिनी नगरपालिका–१ जैमिनीघाटदेखि पर्वतको फलेवास नगरपालिका–६ जोड्ने गरी कालीगण्डकी नदीमाथि मोटरेवल पुल बन्न थालेको सात वर्ष बढी भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । दुई जिल्ला जोड्ने पुल विसं २०७३ असोज ९ गते सम्झौता भएर काम सुरु भएको थियो । निर्माण कम्पनीले कामलाई निरन्तरता नदिँदा अहिलेसम्म काम नसकिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार अहिले थप कामदार परिचालन गरेर काम भइरहेको छ । १३ करोड १२ लाख ४९ हजार ३६४ लागतमा बन्दै गरेको यो पुलको हालसम्म ८० प्रतिशत काम भएको इन्जिनियर अधिकारीले जानकारी दिए । सम्झौता भए अनुसार विसं २०७५ चैत ९ मा सक्नुपर्नेमा हालसम्म पाँच पटक म्याद थप गरिएको उनको भनाइ छ । असार मसान्तसम्म म्याद रहेको हुँदा सरासर काम गरे सकिने स्थिति रहेको उनले बताए । पुल निर्माणका लागि र सुवा श्रीगित/फेवा जेभीले जिम्मा लिएको थियो । बागलुङकै बडिगाड गाउँपालिका–७ को कालीरहदेखि मालारानी जोड्ने गरी बडिगाडखोलामा पुल निर्माण सुरु भएको तीन वर्ष बढी भयो । विसं २०७९ फागुन २७ सम्म सक्ने गरी विसं २०७७ कात्तिक २७ मा सम्झौता भएको थियो ।

७ करोड ६५ लाख ९९ हजार ६१२ लागतमा निर्माण भइरहेको उक्त पुलको काम ७५ प्रतिशत भएको इन्जिनियर अधिकारीले जानकारी दिए । रायामाझी/राजेश्वरी/पिटीआर अधिकारी जेभीले जिम्मा लिएको थियो । उनका अनुसार यस पुलको काम पनि असार मसान्तभित्र सकिने छ । जिल्लाको तमानखोला गाउँपालिका–२ स्थित बोङ्गाखोलामा पुल निर्माण सुरु भएको तीन वर्ष बढी भयो । निर्माण कम्पनीले लामो समयसम्म काम नगर्दा अलपत्र परेको थियो । हाल पेटी ठेकेदारमार्फत काम भइरहेको छ ।

विसं २०७७ पुस ६ गते सम्झौता गरी विसं २०७९ पुससम्म सम्पन्न गर्ने भनिए पनि आधा मात्रै काम गरेको हुँदा अघिल्लो वर्ष पहिलो पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अधिकारीले बताए । उनका अनुसार २ करोड ७१ लाख २७ हजार ९६४ लागतमा बन्दै गरेको उक्त पुल हालसम्म ७० प्रतिशत मात्रै काम सकिएको छ । पुल निर्माणको जिम्मा कान्तिपथ कन्स्ट्रक्सनलाई असार मसान्तसम्म काम गर्ने समय दिइएको छ । म्याग्दीको सिङ्गा तातोपानीस्थित म्याग्दी खोलामा निर्माण भइरहेको पुल कम्पनीले पटकपटक म्याद थप गरिएको थियो । उक्त पुलको काम अहिले अन्तिम चरणमा पुगेको जनाइएको छ । विसं २०७५ जेठ २५ गते सम्झौता भएर काम सुरु भएको उक्त पुल निर्माणका लागि ठेकेदारले पाँच पटक म्याद थप गरेको सडक डभिजिन कार्यालय बागलुङले जनाएको छ ।

निर्माण कम्पनीले विसं २०७७ जेठ २५ मा सक्ने गरी सम्झौता भए पनि पाँच पटक म्याद थपेर हाल काम अन्तिम चरणमा पु¥याएको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार १० करोड ७२ लाख १२ हजार ३०३ लागतमा निर्माण भइरहेको छ । लुम्बिनी/प्राकृतिक जेभीले जिम्मा लिएको थियो । म्याग्दीको अर्मनमास्थित म्याग्दीखोलामा विसं २०७५ पुस २५ गते सम्झौता गरी पुलको काम अगाडि बढाइएको थियो । विसं २०७७ पुस २५ सकिनुपर्नेमा चौथो पटक म्याद थप गरेर हाल अन्तिम चरणको काम भइरहेको इन्जिनियर अधिकारीले जानकारी दिए । ११ करोड २४ लाख २५ हजार ५२ को लागतमा बन्न थालेको उक्त पुल लुम्बिनी÷प्राकृतिक जेभीले जिम्मा लिएको थियो । सबै पुल एकै पटक सम्पन्न गर्नुपर्ने बाध्यता रहे पनि पर्याप्त बजेट नभएको उनले बताए ।

इन्जिनियर अधिकारीले भने,“निर्माण कम्पनीलाई असार मसान्तसम्म काम सक्न ताकेता गरिरहेका छौँ । पार्यप्त बजेट छैन, आंशिक मात्रै छ । बजेट आयो भने असार मसान्तमा सबै पुल निर्माण भई सक्छन् । केही वर्ष अगाडिनै सकिनुपर्नेमा अहिले अन्तिम चरणमा पुगेका छन् । पाँचवटै पुल असार मसान्तअगावै सञ्चालनमा आउने अपेक्षा गरेका छौँ ।”जैमिनी घाटमा बन्न थालेको पुललाई निर्माण कम्पनीले बेवास्ता गर्दा समयमै सम्पन्न हुन नसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । पुल नबन्दा बागलुङको दक्षिण भेग र पर्वतका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

नगरपालिकाले निरन्तर दबाब दिएपछि अहिले धमाधम काम गरिरहेको उनले बताए । पुल बनेपछि स्थानीयलाई वारपार गर्नुका साथै दुई जिल्लामा व्यापारका हिसाबले सहज हुने शर्माले बताए । “यतिका समयसम्म पुल बन्न नसक्नु लापार्वाही हो । विकासका लागि राज्यले करोडौँ खर्च गरेको छ । कहिलेकाहीँ निर्माण व्यवसायीले काम नगर्दा नागरिकले विकासको अनुभूति गर्न नपाउने अवस्था हुन्छ । यो वर्षभित्रै पुल बन्ने विश्वास लिएका छौँ । बन्यो भने बागलुङ र पर्वत दुवै जिल्लावासीलाई सहज हुनेछ ।” उपप्रमुख शर्माले भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्