Shikhar Insurance
National Life

८१ सालमा बैंकहरूका लागि राष्ट्र बैंकले तोक्यो ३७ दिन बिदा (सूचिसहित)

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालका लागि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुका लागि ३७ बिदा दिने भएकाे छ । आज नेपाल राष्ट्र बैंकले  बिदाकाे सूचि सार्वजनिक गर्दै उक्त जानकारी दिएकाे हाे ।

दशैं, तिहार, छठ, तिज, बिभिन्न प्रकारका ल्होसार, फागु, नयाँ वर्ष, क्रिसमस लगायतका बिदाहरु तोकेकाे हाे ।  राष्ट्र बैंकले केहि चाडबाडहरुमा सम्पूर्ण कर्मचारीलाई बिदा दिने भनेको छ । केहि पर्वहरुका हकमा सिमित अवधीका लागि सिमित बैंकिङ सेवा उपलब्ध गराउने भनेको छ । केहि बिदामा पनि सम्बन्धीत जाति वा क्षेत्र विशेषका कर्मचारीले मात्रै बिदा पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१ साल बैशाख १ गतेदेखि कात्र्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरेको छ । त्यस्तै, २०८१ कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिदिएको छ ।

बैंकिङ कारोबार भने २०८० साल बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरेको छ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिदिएको छ । शुक्रबार १० बजेदेखि १२:३० बजेसम्म खुल्ला हुने तोकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्