Shikhar Insurance
National Life

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश हितग्राहीको खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको ८औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको हो ।

कम्पनीको पुस २७ गते सम्पन्न ८औं वार्षिक साधारण सभाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) पारित गरेको थियो । सभाले पारित गरेको बोनस सेयर फागुन १४ गतेदेखि नै सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हकमा पनि सेयर अभौतिकीकरण भए पश्चात् स्वतः हितग्राही खातामा जम्मा हुने हुँदा आफ्नो सेयर अभौतिकीकरण गराउन समेत कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको छ ।

साथै, कम्पनीले आव भन्दा अगाडी आर्थिक वर्षहरुमा वितरण गरिएको नगद लाभांश प्राप्त गनै बाँकी सेयरधनीहरुले आफ्नो बैक खाता यकिन गरि हितग्राही खाता अद्याबधिक गराउनको लागि कम्पनीले सूचनामार्फत जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्