Shikhar Insurance
National Life

रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार ०९:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १ः०.५० को अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको चुक्ता पूँँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले आज ( फागुन १८ गते देखि चैत ८ गतेसम्म बिक्री खुल्ला गरेको हो । साथै माघ २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

यस हकप्रद सेयरमा आवेदकले कम्पनीको कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्