काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा पहिलो दिनमा ७ करोड २१ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका आज अर्थात फागुन १७ गते साँझ ५:०६ बजेसम्मा ३ हजार ५२ जना आवेदकले ७ लाख २१ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका थिए ।
कम्पनीले आज (फागुन १७ गते) देखि ११ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
कम्पनीले १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीहरुले दावी गर्न पाउनेछन् ।
कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसेको छ । इच्छुक व्यक्तिहरुले चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्