Shikhar Insurance
National Life

बागलुङ नगरपालिकाद्धारा उत्पादन लागत घटाउन कृषि यान्त्रिकीकरणको प्रयोग

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:४२
Hyundai
NCELL
NIMB

बागलुङ । बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

नगरपालिकाले ५ सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरूपमा पायक पर्नेगरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यन्त्रिकीकरण बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उनले जानकारी दिएका हुन् । नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि  ३ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई ५८ हजार रुपैयाँमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो ।

“एउटा मेसिनले ५० घरलाई धान, गहुँ, तोरी र कोदो चुट्न पुग्छ । प्रविधिको प्रयोगले जनशक्ति पनि कम खर्च हुन्छ”, नगरप्रमुख श्रेष्ठले भने, “लागत घटेपछि किसानलाई नाफा बढ्छ ।” गाउँमा युवा पलायनले जनशक्ति नहुँदा धान, गहुँ, कोदो स्याहार्न समस्या हुने भएपछि अनुदानमा मेसिन उपलब्ध गराइएको उनको भनाइ रहेको ।

अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताए । “दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा धेरै खर्च लाग्छ, थ्रेसर मेसिनले एकै घण्टामा सक्ने काम दिनभर गर्न गाह्रो हुन्छ, यसले समय र खर्च दुवै बचाएका छ”, विकले भने । पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्