Shikhar Insurance
National Life

मुद्रास्फीतिका कारण दक्षिण कोरियामा १.१ प्रतिशतले घट्यो तलब

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:२९
Hyundai
NCELL
NIMB

एजेन्सी । मुद्रास्फीतिका कारण दोस्रो वर्ष दक्षिण कोरियाको तलब तथा ज्याला लगातार घटेको छ । सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो ।

नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन(दुई हजार ९७० अमेरिकी डलर) पुगेको रोजगार र श्रम मन्त्रालयले बताएका हुन् । सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो । सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको छ । व्यवसायमा प्रति कामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६ प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उत्पादन उद्योगले १७०.५ को सबैभन्दा लामो मासिक कार्य घण्टा रेकर्ड गरेका छन् । पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्र १७० घण्टाको साथ निर्माण उद्योगले गत वर्ष १२८.७ को सबैभन्दा छोटो कार्य घण्टा दर्ता गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्