Shikhar Insurance
National Life

‘अपाङ्गताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी’ सरोकारवाला 

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।  राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अपाङ्गता भएका महिलाको अधिकार र सरंक्षणका विषयमा सरोकारवाला निकायसँग अन्तक्र्रिया’मा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले कानुनी व्यवस्थाअनुरुप कार्यान्वयन पक्षलाई सुदृढ बनाउन योजनाबद्धरूपमा अघि बढ्न सुझाव दिएका हुन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहीले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षण गर्न सरकारले ल्याएको नीति चुनौतीको रुपमा खडा भएको औँल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“अपाङ्गता भएका व्यक्तिको हक, अधिकार सुनिश्चित सम्बन्धमा नीतिगत समस्या खड्किएकामा हामीलाई सुझाव दिनुस् । यसलाई समेट्न समिति प्रतिबद्ध छ उनले भने स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको सुनिश्चितता गर्न सकेमा मात्र यी आवाजको प्रतिनिधित्व सम्बोधन गर्न सकिन्छ ।अपाङ्गता भएका व्यक्तिले हिंसाको प्रतिकार गर्न नसक्दा तुलनात्मकरुपमा धेरै व्यक्ति बढी हिंसाको सिकारमा झेल्नुपरेको उनले औँल्याए ।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिको अधिकार र संरक्षणलाई योजनाबद्धरूपमा सम्बोधन गर्न कार्यविधि बनाउन आयोग तयार रहेको बताए ।  “अपाङ्गता भएका व्यक्तिको अधिकार तथा संरक्षणका सवाललाई औचित्यतासहित सम्बोधन गर्न योजनाबद्धरुपमा आयोग अघि बढ्न तयार छ उनले भने आगामी कार्यक्रममा सरकारीसँगै निजी क्षेत्रका सम्बन्धित संस्थालाई सहभागी गराई सुझाव सङ्कलनलाई थप सशक्त बनाई आयोगका सिफारिसलाई सुदढ बनाउन पहल गछौँ उनले भने ।

आयोगका सचिव पार्वती अर्यालले अपाङ्गता भएका व्यक्तिले आफूभित्रको क्षमता पहिचान गरी आफ्नो सङ्कल्पप्रतिको समर्पण गर्नुपर्नेमा जोड दिँदै अन्तक्र्रियाबाट आएका सुझावलाई  सम्बोधन गर्न आयोग प्रतिबद्ध रहेको बताए ।  राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले राज्यका सबै निकायमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न सकेमा मात्र सम्बन्धित सवाललाई सम्बोधन गर्न सकिने बताए ।

अपाङ्गता भएका व्यक्तिका व्यक्तिको अधिकार उपभोग गर्न नपाउनु न्यायोचित नरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले सम्बन्धित आयोगले बृहत् अध्ययन गरी सरकारलाई सिफारिस गर्नुपर्नेमा जोड दिए । अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले अधिकारको न्यायमा पहुँच पुर्याउन आयोगले निर्देशिका तथा मापदण्ड तय बनाउनुपर्नेमा आयोगलाई सुझाव दिए ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव निरा अधिकारीले संवैधानिक निकाय तथा आयोगले सम्बन्धित विषयमा नीतिगत बहस वार्षिकरुपमा गर्न आवश्यक रहेको औँल्याए ।

राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका कार्यक्रम संयोजक अन्जना श्रेष्ठले यौन तथा लैङ्कगिक  हिंसाका सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विश्व बैंकको तथ्याङ्कलाई उल्लेख गर्दैै यौन तथा लैङ्गगिक हिंसाको सिकार अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला दश गुणा बढी रहेको जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कल्पना नेपाल आचार्यले नेपालमा अपाङ्गता भएका व्यक्तिका मौजुदा कानुनी र अबका दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै कानुनी व्यवस्था सुदृढ रहे पनि कार्यान्वयनको पक्ष अपेक्षाअनुरुप हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा सरोकारवाला पक्षले आयोगले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षणका सवाललाई प्रभावकारी बनाउन विगतका कार्यक्रमका सुझाव कार्यान्वयनको अवस्था स्पष्ट गरी समीक्षा गर्नुपर्ने, अपनत्व हुनेगरी काम गर्नुपर्ने, रोजगारीको मूलप्रवाहमा लैजानुपर्ने, अपाङ्गता भएका महिलाभित्रको कला, क्षमता पहिचान गरी अधिकारका पक्षमा दृढ हुनुपर्ने, न्यायिक पहुँच अभिवृद्धि गर्नुपर्ने लगायतका विषय उठान जानकारी दिएका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्