काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २८.६८ अंकले घटेर १९२७.०९ अंकमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ४० रुपैयाँ रहेको छ ।
साथै, बिहीबार २२० कम्पनीको सेयर मूल्य घट्दा १७ कम्पनीको बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावरका सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्