Shikhar Insurance
National Life

विकासका निम्ति विनियोजित गरेकाे बजेट खर्च नहुने समस्या विकराल छ : सांसद शर्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताउनु भयो । उहाँले देश अहिले आक्रान्त रहेको बताए । उनले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्