Shikhar Insurance
National Life

‘संरचनामा प्रयोग हुने गुणस्तरहीन छडको जिम्मेवारी कसले लिन्छ’ सांसद पराजुली

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरुको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरु जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरुमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरुको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको जानकारी गरेका छन् ।

उनले भने, ‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरुले त गुणस्तर मापन गर्दछन् । तर सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदी छडहरु गुणस्तरहीन छन् र बनेको संरचनाहरु साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने, यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु । यो पाटोबाट हेर्नुपर्छ । कतै न कतै सरकारले तत्कालीन समयमा जस्टिफाइ गर्दैगर्दा रोजगारी सिर्जना हुन्छ, खपतसँगै निर्यात पनि गर्न सकिन्छ भन्ने विषयमा कुरा आयो । सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा रोजगारी सिर्जना हुनसक्छ बढी भन्ने बारेमा सोच्नुपर्छ ।’
न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्