Shikhar Insurance
National Life

पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर्न एमालेको माग

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरेकना हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वर्ता अघि बढाओस् ।’

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्