Shikhar Insurance
National Life

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सांसद थापा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १३:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक ल्याउनु नहुने बताए । उनले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,‘नेपालमा के आधारमा अन्तःशुल्क कर, सबैले बुझेकै छौँ । सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक आएको छ । त्योमार्फत बन्द भएका स्टिल उद्योगहरुले यहाँ निवेदन दिइसकेका छन् । यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ । निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ । हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन । औचित्य हुँदैन ।’

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्