काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन्स् लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्