काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आज (फागुन १७ गते) देखि १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीहरुले दावी गर्न पाउनेछन् ।
कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसेको छ । इच्छुक व्यक्तिहरुले चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्