Shikhar Insurance
National Life

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट सात महिनामा ३३ हजार नमूना परीक्षण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ । सोही अवधिमा प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमूना प्राप्त भएको हो ।

नयाँ र पूरानो गरी सो सङ्ख्यामा नमूना परीक्षण गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त प्रयोगशाला भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी हुँदै आएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत काठमाडौंको सामाखुसीमा केन्द्रीय विधि विज्ञान प्रयोगशाला रहको छ । सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् । तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव÷सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन÷लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमूनाको परिक्षण गरिएकोे छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्