मोरङ । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिएका हुन् ।
अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।
अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत रु पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौँ मार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख रुपैयाँ उपलव्ध गराएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्