Shikhar Insurance
National Life

ईपीजी प्रतिवेदन सहमतिमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछः प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले दुवै देशको सहमतीमा प्रतिवेदन बुझ्ने अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताए । त्यस्तै, प्रधानमन्त्री दाहालले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको बताए । उनले समस्या समाधानको अन्तिम चरणमा रहेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘दुवै देशले सहमतीबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुवै सरकारले एकैचोटी सहमति बाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिराखेको जानकारी गराउन चाहन्छु । यदी त्यो हुनै सकेन भने के गर्ने भन्ने बारेमा माननीय सदस्यहरुले भनेको जस्तो, नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ भन्ने मलाई पनि लागेको छ । लामो समयदेखि नेपाली गोरखाहरुले आन्दोलन गरि राखेका छन् ।
उनले भने गोर्खाली प्रतिनिधि र ब्रिटिश सरकारका बीचमा वार्ता र संवाद पनि भइराखेको छ केही दिन अगाडी मात्रै ब्रिटिशबाट आएका एकजना माननीय मन्त्रीले यो समस्या समाधानको अन्तिम चरणमा छ भनेर भन्नुभएको छ र हामीले जतिसके छिटो यो समस्याको समाधान हुनुप¥यो भनेका छौँ ।’  न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्