Shikhar Insurance
National Life

‘१० लाख खर्चेर क्वारेन्टिन बनायौं, बस्ने मान्छे छैनन्’ (अन्तर्वार्ता)

बैकुण्ठ न्यौपाने
२०७८ बैशाख २२, बुधबार १५:५७
Hyundai
NCELL
NIMB

विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भए । २९ वर्षअगाडि स्थापना भएको नगरपालिका स्रोत साधनले जिल्लाका अन्य दश पालिकाभन्दा सक्षम छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको नेतृत्व न्यौपानेले सम्हालेको चार वर्ष पूरा भएको छ । यस अवधिमा नगरपालिकामा कति काम भएका छन् ? जनताको अपेक्षा पूरा भयो त ?

कोरोनाको प्रभाव र विकास निर्माणको अवस्था कस्तो छ ? यसै सेरोफेरोमा रहेर रासस दमौली प्रतिनिधि कृष्ण न्यौपानेले नगरप्रमुख न्यौपानेसँग गरेको कुराकानी :

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिइरहेको छ । व्यास नगरपालिकामा सङ्क्रमणको स्थिति कस्तो छ ?
व्यासमा सङ्क्रमण बढिरहेको छ । अहिलेसम्म करीब २५ जना सङ्क्रमित भएका छन् । हरेक हप्ताको सोमबार पिसिआर परीक्षणको व्यवस्था गरिरहेका छौँ । हाम्रो स्तरबाट गर्नुपर्ने पूर्व सावधानी अपनाइरहेका छौं । सचेतना, सतर्कता नै मुख्य हामीले गर्नुपर्ने हो, त्योभन्दा जटिल दायित्व के–के गर्नुपर्ने हो त्यो सबै गर्दै जान्छौँ ।

जोखिमयुक्त स्थानबाट आएकाहरु सिधै घर–घरमा गइरहेका छन् । यसले झनै जोखिम बढाएको छ । क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनमा चासो किन नदिनुभएको ?
क्वारेन्टिन र आइसोलेशनका कुरा के भो भने अहिले मानिसहरु आफैं सचेत र स्वावलम्बी छौं भन्ने स्थिति सिर्जना भयो । पहिला लकडाउन हुन्थ्यो र जो मान्छे आउनुपर्ने हो, कुन सवारी साधनबाट आउँछन् उसले अनुमति लिएर आउनेजाने क्रम हुन्थ्यो । तिनीहरुलाई हामीले क्वारेन्टिनमा राख्थ्यौँ । पिसिआर परीक्षण भएपछि मात्रै घर पठाउथ्यगरेको । अहिले यातायातमा त्यति सतर्कता, सचेतना, त्यसको अभिलेखीकरण छैन । कहाँबाट आउँछन् जान्छन् भन्ने कुरा नभएको कारण मानिसहरु घर आउने बस्ने क्रम चलेको छ । बिरामी भइसकेपछि मात्रै हामीलाई जानकारी आउँछ । सकेसम्म होम क्वारेन्टिन, होम आइसोलेशन बस्ने भन्ने सरकारको नीति छ । कडा लक्षण देखिएका कठिन भएका मात्रै अस्पताल आउ नत्र नआउ भनेको हुनाले हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । हामी क्वारेन्टिनका लागि तयार छगरेको । क्षेत्री समाजको भवनमा ७० वटा श्यया तयार छन् । करीब रु दश लाख खर्च गरेर नगरपालिकाले भवनलाई मर्मतसम्भार गरेर छ महिनादेखि राखेका छौँ । तर त्यो क्वारेन्टिनमा बस्ने मान्छे पाइराख्या छैनौं ।

व्यासमा त रोटरीले दिएको पिसिआर मेशिन पनि छ । आधा वर्षसम्म पनि सञ्चालनमा ल्याउन सक्नुभएन नि ?

एउटा त यो पिसिआर मेशिन कुनै पनि अस्पतालले स्वीकार गरेको अवस्था रहेनछ, हामीलाइ त्यो थाहा भएन । यो मेशिन प्रदान गर्ने रोटरीका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । तर के भो भन्दा त्यसलाई जडान गर्दा प्रयोगशाला भवन अलग्गै चाहिने । त्यसपछि अहिले हामीसँग भएको जनशक्तिभन्दा अलि उच्चस्तरको जनशक्ति, सिफ्टवाइज चाहिने । एकपटकमा जम्मा आठ जनाको मात्रै पिसिआर हुनसक्ने, एक घण्टा भित्रमा भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि गर्‍यौँ । शुरुमै जडान गर्दा नै रु ५० लाखको हाराहारीमा खर्च हुन सक्ने भन्ने जानकारी प्राप्त भएपछि आर्थिक स्रोतको समस्या भयो । मेशिन लिन त लियगरेको हामीले तर अहिले तुरुन्तै इन्स्टल गर्ने क्षमता भएन । यो प्रक्रिया शुरु भएपछि फेरि बाढी पहिराले करीब तीन–चार करोडकै धक्का हान्यो । त्यसले गर्दा पनि हामीले पिसिआर मेशिन सञ्चालन गर्न नसकेका हौँ ।

भनेपछि तत्कालै सञ्चालनमा आउँदैन ?
तुरुन्तै आउँदैन होला शायद । कुनै अस्पतालले लिन चाहन्छन् भने हामी प्रदान गर्न तयार छौँ । जिपी अस्पतालले पनि लिन मानिराखेको छैन । यहाँ दमौली अस्पतालले नि मानेको छैन । त्यसलाई भवन नै छुट्टै चाहिने । सुरक्षा व्यवस्था मिलेन भने सङ्क्रमण सर्ने डर हुने र सञ्चालन खर्च चर्को लाग्ने भएकाले सञ्चालनमा कठिन भइरहेको छ ।

गत वर्षदेखि कोरोना कहरले अत्ताइरहेको अवस्था छ । यसले व्यासको विकास निर्माणमा कत्तिको असर पारिरहेको छ ?
एकदमै असर पारेको छ । कस्तो खालको असर पारेको छ भने एकातिर ठेक्का टेन्डरहरु गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौँ । गएको वर्ष त कामदारहरु नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हुँदा काममा ढिलाइ भएको छ । अर्को चाहिँ हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौँ त्यो आएन । नेपाल सरकारले गएको वर्ष राजश्व बाँडफाँटबाट दिने भनेको करीब रु आठ करोड बजेट नै पाइएन । तीन करोड आन्तरिक आम्दानी कम भयो । करीब ११ करोड बराबरको गएका वर्षका क्रमागत योजनाको भारी बोकेर आउँदा यो वर्ष पनि कोरोनाको कहर छ । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर पर्‍यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाइ भएर असर परेको स्थिति छ ।

अब कोरोनाको प्रसङ्गलाई बदलौँ, तपाईंले व्यास नगरपालिकाको बागडोर सम्हालेको यही महिनाको अन्तिममा ४ वर्ष पुग्दैछ । यो अवधिमा के–के काम भएका छन् । गर्व गर्न लायक उपलब्धि केही भए ?
व्यास नगरपालिकाले गर्व गर्न लायक यी काम गरे भन्नुभन्दा पनि नगरवासीले के कस्तो महसुस गर्नुभएको छ, त्यो मूलभूत कुरा हो । व्यास नगरपालिकाका तर्फबाट जति पनि विकासका योजना शुभारम्भ गर्‍यौँ, सानो स्केलमै केन्द्रित भएका छौँ । सानो स्केलमा केन्द्रित हुनु भनेको हामीले वडाहरुलाई करीब एक करोडदेखि डेढ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छौं । सबै वडालाई अहिलेसम्म समान व्यवहार गरेर ठूलो सानो अथवा आम्दानी दिने नदिने जुनसुकै वडा भए पनि विकास अभियानमा बजेट सकेसम्म समान हिसाबले वितरण गरेका छौँ । चार वर्षको अवधिमा मासिक दुईवटा बैठक आयोजना गरेका छौँ । समयमै नगरसभा गरेका छौँ । तिनीहरुमा कहीँ पनि बाधा, विरोध, अवरोध भोग्नुपरेन । कतिपय पालिकामा त्यस्ता पनि समस्या आएको देख्दछौँ । अहिले हामीले गौरव गर्न लायक भनेर एकीकृत विकास योजनाहरु निर्माण भइरहेका छन् । मानुङ लगायतका स्थानमा पर्यटन प्रवर्द्धनमा हामीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ भन्ने महसुस भएको छ । अर्को मादी नदीको १८ किलोमिटर दूरीमा अध्ययन शुरु गरिराखेका छौँ । दमौली नजीकै मादी पुलभन्दा तल कृत्रिम ताल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ । मादीमा माथि मानुङको जस्तै अवस्था सिर्जना गर्ने, व्यास पराशर क्षेत्रको विकास अभियानलाई अगाडि बढाउने, व्यास–१० मा नारेश्वर ताल निर्माण गर्ने जस्ता महत्वपूर्ण योजना थालनी गरेका छौँ । अर्को हामीले गर्न चाहेको कृषि, पर्यटन र शैक्षिक गतिविधिमा थुप्रै उपलब्धि हासिल गरेका छौँ । आधारभूत स्वास्थ्य केन्द्र ६ वटा वडामा थिएनन्, त्यहाँ स्थापना गरेका छौँ । खानेपानीको आवश्यकतालाई सकेसम्म पूर्ति गर्ने हिसाबले एक घर एक धारा अभियानलाई नगरपालिकाभर नै विस्तार गरेका छौँ । तसर्थ तत्काल नागरिकले अपेक्षा गरेका कार्यलाई अगाडि बढाएका छौँ । करीब–करीब २५ किलोमिटरको हाराहारी हामीले बाटो कालोपत्र पनि गरेको स्थिति छ । खेल मैदानहरु निर्माण हुँदैछन् । दमौलीमा दमौली सेन्ट्रल पार्क भनेर निर्माण गर्न चाहिरहेका छगरेको । कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गरेर फोहोर व्यवस्थापन गर्न सफल छौँ । हामीले छोड्ने बेलासम्म फोहोरमैलाको व्यवस्थापनका लागि स्थायी समाधान गरेर जानेछौँ । बधस्थल पनि निर्माण गर्न सफल भयौँ । धेरै कामहरु हामीले गरेका छौँ । सानातिना काममा हाम्रो ध्यान केन्द्रित छ । १५ वर्षसम्म जनप्रतिनिधिबाट अवरुद्ध भएको, स्रोत साधन द्वन्द्वमा फसेको मुलुक थियो । आम्दानी केही थिएन । त्यस्तो अवस्थाबाट गुज्रिएर आएको नगरपालिका र सातवटा त गाउँपालिका हामीकहाँ थपिएर आएका छन् । यसलाई सन्तुलित विकास गर्नुपर्ने, समानुपातिक विकास गर्नुपर्ने चुनौतीका बीचमा पनि अगाडि बढिरहेका छौँ । नगरवासीका हरेक समस्या नगरपालिकाले सम्बोधन गर्‍यो है भन्ने किसिमको महसुस गराउन सफल भएका छगरेको भन्ने लाग्छ ।

तपाईंले गरिरहेका काम जनताको अपेक्षा थिए त । कसरी विश्लेषण गर्नुभएको छ ?
स्थानीय तहबाट कति धेरै अपेक्षा भएको थियो, त्यो उहाँहरुको कुरा हो । मलाई के लाग्छ भने सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारबीचको संविधानले अपेक्षित गरेका जति पनि व्यवस्थाहरु छन्, कतिपय सङ्घीय कानून आइनसकेकाले अवरुद्ध भएका छन् । कतिपय सङ्घीय ऐन नआएका कारणले प्रदेश ऐनहरु नबनेको कारणले हामी अड्किएका छौँ । जस्तै, शिक्षा क्षेत्रमै आवश्यक कार्यहरु गर्न सकेनौँ । शिक्षालाई हामीले प्राथमिकतामा राख्यौं । तर शिक्षकहरुको दरबन्दी, सरुवा, बढुवादेखि लिएर सबै कुरामा सँगसँगै बढी जोडिनुपर्ने भयो । त्यसो भएर सङ्घ प्रदेशसँग जोडिएका कतिपय नीतिगत कुराहरु समयमै क्लियर भएर नआउँदा हामीले काम गर्न सकेनौँ होला । तर समय बदलिँदै जाने क्रममा नागरिकका अपेक्षाहरु अत्यन्त धेरै हुन सक्छन् । ती सबै कुरा अहिले नै सम्बोधन हुन्छ भन्ने कुरा त थिएन । सङ्घ, प्रदेश र स्थानीय तहको नीतिगत कुरा समयमा स्पष्ट नहुँदा, कानूनहरु नआउँदा सङ्घ र प्रदेश मातहतमा पुरानै संविधानका आधारमा बनेका पुरानै ऐनमा केन्द्रित हुँदा हामीले गर्न चाहेका ठोस कार्यहरु भने गर्न सक्ने स्थिति भएन ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको भाव तपाईंले नै व्यक्त गर्नुभयो । लामो समयसम्म बागडोर सम्हालेका कर्मचारी र जनप्रतिनिधिको तालमेल चाहिँ कत्तिको मिलेको छ ?
हिजो को कस्तो थियो भन्नुभन्दा नि आज उसको प्रतिबद्धता र इमानदारिता कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तसर्थ, हामीले कुनै आग्रह पूर्वाग्रह विना सबै कर्मचारीको क्षमतालाई सदुपयोग गर्ने प्रयत्न गरेका छौँ । स्थानीय तहमा सङ्घ र प्रदेश सरकारबाट आउने, जिल्ला विकास समितिबाट समायोजन भएर आएका कर्मचारी र वर्षौंदेखि हाम्रो यही रहेका कर्मचारी हुनुहुन्छ । तीन/चार थरीका कर्मचारी हुनुहुन्छ । करारमा रहेका कर्मचारी ठूलै सङ्ख्यामा हुनुहुन्छ । अहिले हामीलाई कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने अधिकार दिइएको छैन । कर्मचारीसँगको हाम्रो तालमेलको प्रयत्न गरेका छौँ । तर कर्मचारीको क्षमता बदलिँदो समयअनुसार विकास गर्न सकेका छैनौँ । कहाँ के ताल मिलेको छैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्