काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख १३ हजार ३ सय २५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम बिक्री मूल्य प्रतिकित्ता २ सय ८ रुपैयाँ रहेको छ ।
उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनी वा अन्य जोकोहि व्यक्ति, संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन आज (फागुन ११ गतेदेखि फागुन २७ गतेसम्म) बैंकको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्