काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता सेयर मूल्य ३ सय ६० रुपैयाँ ९० पैसा रहेको आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ५० कित्ता सेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ लाग्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्