Shikhar Insurance
National Life

अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्‍यो : अध्यक्ष लिङदेन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् । मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा ढिलासुस्ती भएको बताए । अध्यक्ष लिङदेनले गुनासो पोखदै भने,’टेरामक्स प्रविधिमा झन्डै १ खर्ब राजश्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन सकेको छैन । गुणस्तरीय सेवा हामीले पाएका छौँ कि छैनौँ भन्ने थाहा छैन । एनसेल नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनीहरुको आम्दानी घटेको देखाइएको छ तर खासमा घटेको हो की होइन, भन्ने कुरा नाप्ने कुनै निकाय छैन । त्यस्ता कुराहरुमा अख्तियारको ध्यान पुग्न सकेको छैन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले दोषीलाई कानूनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्