Shikhar Insurance
National Life

भारतमा पेट्रोल-डिजेलको मूल्यवृद्धि, नेपालमा के होला ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १३:२८
Hyundai
NCELL
NIMB

पीटीआई । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।

नेपाल आयल निगमले २ दिन अघि तेलको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमले मूल्य बढाएर नयाँ सूची पठाउँदा निगमको मासिक घाटा २ अर्ब पुगेको छ ।

रासस

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्