Shikhar Insurance
National Life

फिनटेक अलायन्स र एसिया फिनटेकबीच सहकार्य

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १६:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । फिनटेक अलायन्स नेपाल (एफएएन) र एसिया फिनटेक अलायन्स (एएफए)बीच सहकार्य भएको छ । नेपाली फिनटेक कम्पनी र एसिया प्रशान्त क्षेत्रका फिनटेक संस्थाहरुसंग सहकार्य गर्ने र सामूहिक वृद्धिलाई अगाडि बढाउने सम्बन्धमा एफएएन र एएफएबीच सहकार्य भएको हो ।

एसिया फिनटेक गठबन्धनले सिंगापुर, दक्षिण कोरिया, जापान, फिलिपिन्स, ताइवान, इन्डोनेसिया, हङकङ, मलेसिया, थाइल्यान्ड, मङ्गोलिया र अहिले नेपाल जस्ता प्रमुख बजारहरू एकसाथमा ल्याउने फिनटेक एसोसिएसनले विश्वास जनाएको छ । यस सहकार्यले नेपालको फिनटेक इकोसिस्टमको विकासलाई गति दिँदै क्षेत्रभरका अन्तर्दृष्टि र विशेषज्ञताको लाभ उठाउने अवसरहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा एफएएनका अध्यक्ष सञ्जीब सुब्बाले भने, ‘हामी एशिया फिनटेक गठबन्धनमा सामेल हुन पाउँदा र एशियाभरका सम्मानित फिनटेक संघहरूसँग सहकार्य गर्न पाउँदा सम्मानित महसुस गरिरहेका छौं । यो साझेदारी नेपालमा फिनटेक नवप्रवर्तन र डिजिटल वित्तीय समावेशीकरण हाम्रो दृष्टिकोणसँग मिल्दोजुल्दो छ र एसियाली फिनटेक समुदायको सामूहिक वृद्धिमा योगदान गर्न पाउँदा हामी उत्साहित छौं।’एसियामा साझा चुनौतीहरूलाई सम्बोधन गरी फिन्टेक परिदृश्यमा प्रभावकारी परिवर्तन गर्न सक्ने एफएएनका प्रवक्ता विकास सरनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्