काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.३४ अंकले बढेर २००१.६४ मा बन्द भएको हाे ।
मंगलबार ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६ सय ९० रुपैयाँको कारोबार भएको छ ।
साथै, मंगलबार ८९ कम्पनीको सेयर मूल्य घट्दा १४३ कम्पनीको बढेको छ भने १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने चिरख्वा हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्