काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा बजार बन्द भएको हो ।
आज (मंगलबार) ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको छ । मंगलबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडमा १०.०० प्रतिशत र बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडमा १०.०० प्रतिशतले सर्किट लागेको हो ।
साथै, साम्लिङ पावर कम्पनी लिमिटेडमा ९.२६ प्रतिशत, बोटलसं नेपाल तराई लिमिटेडमा ८.७२ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडमा ८.०० प्रतिशतसहित १७० कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्