Shikhar Insurance
National Life

झापामा सवारी दुर्घटनाबाट ७ महिनामा ४९ जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार ११:५९
Hyundai
NCELL
NIMB

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो ७ महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका २ सय ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् ।

ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमध्ये अधिकांश मोटरसाइकल २ सय ६० वटा छन् । ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने ३ सय ५० जना सामान्य घाइते भए । सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट २ करोड चार लाख ५५ हजार छ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक ५ हजार ९ सय २६, ट्रिपर छ सय ६६, बस एक हजार पाँच सय ४०, काररजीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल ८ हजार ५ सय २२, टेम्पो,अटो,सिटी सफारी २ हजार १ ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असूल गरेको हो ।

सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि २ हजार १ सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्