Shikhar Insurance
National Life

पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट हुन आग्रह

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १७:१०
Hyundai
NCELL
NIMB

एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन् ।

आइतबार एक कार्यक्रममा उनले मुलुकमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चीनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रीत गरेको भन्दै करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । राष्ट्रपति अल्वीले पाकिस्तानले पनि सोही मोडेल पालना गर्नुपर्नेमा जोड दिए ।

मुलुकको विकासमा महिलाको भूमिकामाथि प्रकाश पार्दै उनले पाकिस्तानमा महिला सशक्तीकरणको लक्ष्यलाई प्राप्त गर्न उनीहरूका लागि स्वास्थ्य र शिक्षा सुविधाहरूको प्रावधान महत्त्वपूर्ण तत्व भएको बताए ।

उनले महिलाहरूलाई श्रमशक्तिमा सामेल गरी उनीहरूलाई मुलुकको आर्थिक वृद्धिमा योगदान दिनका लागि सुरक्षित कामकाजी वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्