Shikhar Insurance
National Life

श्रीलङ्कामा पर्यटककाे सङ्ख्य २५ लाख नाघ्छ : विदेशमन्त्री

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १६:५०
Hyundai
NCELL
NIMB

एजेन्सी । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने बताएका छन् । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।

उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा १ लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म १ लाख ३८ हजार ७ सय ३६ पर्यटक आइसकेका छन् । मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बाताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्