Shikhar Insurance
National Life

कृषि विकास बैंकका ग्राहकले ॐ हस्पिटलमा १० प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि.शुल्क बाहेकका अन्य सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिने सम्झौता भएको हो ।

साथै, उक्त छुट सुबिधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ॐ हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्