काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बजार बन्द भएको हो ।
आज सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर किनबेच हुँदा २ अर्व १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा १०.०० प्रतिशतले नकरात्मक सर्किट लागेको हो ।
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडमा ८.७७ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५.५६ प्रतिशतसहित ९९ कम्पनीको सेयरमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्