Shikhar Insurance
National Life

आगामी बजेटकाे सिद्धान्त र प्राथमिकतामाथि तीन दिन छलफल हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रश्तुत भएको छ । सोमबारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रश्तुत गरेका हुन् ।

राष्ट्रिय सभामा प्रश्तुत भएको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि १७, २७, २९ र ३० गते राष्ट्रिय सभाको बैठकमा छलफल हुने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले छलफलमा उठेका प्रश्नको जवाफ फागुन ३० गते अर्थमन्त्री महतले दिने जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मात्र केन्द्रित भइ छलफल हुने र छलफलमा भाग लिन चाहने सदस्यहरुको नाम दलीय प्रतिनिधित्वका आधारमा छलफल भन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा उपलब्ध गराइदिन आग्रह गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १७ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्