काठमाडौं । आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानी गर्न थप १ खर्ब आवश्यक पर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । संसदमा भइरहेको प्रिबजेट छलफलमा बोल्दै महतले यस्तो बताएका हुन् ।
उनले निजगढमा विमानस्थलका बारेमा बोल्दै भने, ‘निजगढमा विमानस्थल बनाउने विषय दशकौंदेखि अलपत्र रहेको, सरकारले निजी क्षेत्रको लगानीमा सो विमानस्थल निर्माणको प्रयास गर्दै आएको छ । तर, निजगढमा विमानस्थल बनाउने जमिनमा सीमांकन गर्नेबाहेकको प्रगति हुन सकेको छैन ।’ यसका साथै, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका सञ्चालनको प्रयास गरिने पनि अर्थमन्त्री महतको भनाइ थियो ।
सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको महतले बताए । हाल राजस्व संकलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने महतको आकलन छ । अर्थतन्त्र लयमा फर्किन थालेपनि वाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भइनसकेको, वित्तीय क्षेत्रमा सहकारी तथा लघुवित्तहरुमा समस्या देखिएको महतको भनाइ रहेको छ ।
आगामी बजेटमा उत्पादन वृद्धि, रोजगारको सिर्जना तथा अर्थतन्त्रको नयाँ दिशा निर्देश गर्ने गरि आउने अर्थमन्त्त्रीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्