Shikhar Insurance
National Life

कैलालीको ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १३:५७
Hyundai
NCELL
NIMB

भजनी । वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ । कान्द्रा नदीको बाढीले ताल पुरिएरसँगै स्थानीय अतिक्रमणमा परेकाले ताललाई पुनर्जीवन दिनका लागि रेखाङ्कनको काम अगाडि बढाइएको हो ।

नापी कार्यालय कैलालीले तालको रेखाङ्कनका लागि दुई अमिनलाई कार्यस्थलमा पठाएको छ । नापी कार्यालय कैलालीका प्रमुख इन्द्र बहादुर देउवाले डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको आग्रहमा तालको रेखाङ्कनका लागि अमिन खटाएको बताएका छन् । देउवाले भने,“हाम्रो कार्य क्षेत्रभित्र पुरैना ताल पर्ने भएका कारण हामीले तालको नक्साअनुसारको रेखाङ्कन गर्ने काम गर्ने हो । त्यसपछिको बाँकी काम स्थानीय तह र वन कार्यालयले गर्नुहुन्छ होला ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालको रेखाङ्कनको लागि फिल्डमा खटिएका अक्षय कठरियाले स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढाइएको बताएको छ । उनले नगरपालिकाका जनप्रतिनिधिसँग आवश्यक छलफल पछि तालको नक्साअनुसारको रेखाङ्कन सुरु गरिएको जानकारी दिए । “हामीले नक्साअनुसार तालको रेखाङ्कन गर्ने हो । यसका लागि हाम्रो टिमसँगै जनप्रतिनिधि पनि सँगै हुनुहुन्छ । स्थानीय नागरिकहरुसँग पनि सहजीकरण गरेर कार्यालयबाट पाएको जिम्मेवारी पूरा गर्छौं ।”कठरियाले बताए ।

यसअघि कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलगायतको टोलिले तालको स्थलगत निरीक्षण गरेका थिए । तत्कालीन समयमा तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो । अतिक्रमणमा परेको तालको जग्गामा हिउँदे बाली लगाइसकेको हुँदा बाली भित्र्याए पछि सो जग्गामा खेती नगर्ने जनाउँदै स्थानीयसँग सहमतिसमेत भएको थियो । त्यसैअनुसार तालको काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

चौधरी भन्छन्,“पुरैना ताल भजनीको मात्रै नभई सुदूरपश्चिम क्षेत्रकै महत्वपूर्ण जैविक क्षेत्र हो । यसको संरक्षणमा स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको छ । त्यसमा स्थानीय नागरिकले पनि साथ दिनुभएको छ । तालको जग्गा खाली भएपछि त्यसको उत्खनन र त्यसपछिको कामको लागि बजेटको बजेटको सुनिश्चितता भने हुन सकेको छैन ।” स्थानीय नागरिक ताललाई पुनर्जीवन दिने कुरामा सकारात्मक देखिएका कारण तालको उत्खननको प्रक्रिया अगाडि बढाउन सकिएको सवडिभिजन वन कार्यालय भजनीका प्रमुख मोहम्मद शाहले उल्लेख गरे । “पटकपटक स्थानीयसँग पुरैना तालको विषयमा छलफल हुँदा उहाँहरु सकारात्मक देखिनुभएको छ । सबैको साथ सहयोग भयो भने ताललाई पुरानै अवस्थामा फर्काउन समस्या हुँदैन भन्ने लाग्छ ।”

उनले जानकारी दिए । उनले आआफ्नो क्षेत्रबाट तालको अस्तित्वलाई फर्काउन लाग्नुपर्ने पनि बताए । भजनी क्षेत्रका लागि छुट्टै महत्व बोकेको पुरैन तालमा बाह्रै महिना सारस पाइन्थ्यो भने जलचर जनावर र विभिन्न प्रजातिका चराको बासस्थानको रुपमा पुरैना ताललाई लिने गरिन्थ्यो । सयौँ बिघा क्षेत्रफलमा फैलिएको ताललाई उत्खनन गरेर मानव निर्मित ताल बनाउन सकेपछि पनि पर्यटकीय सम्भावनालाई बढाउन सकिने जानकार बताउँछन् । पुरैना तालसँगै रहेको बञ्जरिया ताल अझै जीवित अवस्थामा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्