Shikhar Insurance
National Life

हिमालयन एभरेष्टले ३ दिन अभिकर्ता तालिम सञ्चालन गर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३ दिन निर्जीवन बीमा अभिकर्ताको तालिम निशुल्क संचालन गर्ने भएको छ । कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट बिहान ९:०० बजेदेखि ५:०० बजेसम्म संचालन गर्ने भएको हो ।

कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले अभिकर्ता तालिम संचालन गर्न लागिएको सूचनामा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा संचालन गर्ने बताएको छ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिने कम्पनीले जानकारी गरेको छ ।

उक्त कार्यक्रममा सहभागि हुनको लागि शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कार्यक्रममा सहभागि हुन इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजात संकलन गरी फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्