Shikhar Insurance
National Life

डिजिटल भुक्तानी सहज बनाउन वानप्वाइन्ट फाइनान्सियल र नेपाल क्लियरिङबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउँने सम्झौता भएको छ । सम्झौता पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस ‘कार्यान्वयन साझेदार’ हुनेछ । यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन–एनपीसीआई-को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस-भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ । त्यस्तै आईएमई रेमिट, जीएमई रेमिट, थैली, छिटो पैसालगायतले पनि वानप्वाइन्टको डिजिटल प्लाटफर्म प्रयोगमा ल्याएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्