Shikhar Insurance
National Life

साविक ज्योति लाइफको चैत्र २० गते ‘लक इन’ अवधि सकिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साविक ज्योति लाइफ इन्स्याेरेन्सकाे ‘लक इन’ अवधि चैत्र २० गतेदेखि सकिने भएको छ । साविक ज्योति लाइफको संस्थापक सेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको १ करोड ४२ लाख ६६ हजार ३ सय २३ कित्ता सेयर (मर्जर पश्चात् कायम) को ‘लक इन’ अवधि चैत्र २० गते सकिने भएको हो ।

अब ‘लक इन’ अवधि सकिएपछि होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । साविकको ज्योति लाइफको संस्थापक समूहको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको २ लाख ९९ हजार २९३ कित्ता सेयरको ‘लक इन’ अवधि सकिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साविकको ज्योति लाइफ इन्स्योरेन्स साविकको सूर्या लाइफ इन्स्योरेन्समा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको पुस ७ गतेदेखि एकीकृत कारोबार थालेको हो ।

साथै, कम्पनीका संचालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरु, लेखा सम्बन्धी प्रत्यक्ष संलग्न कर्मचारीको हकमा नियमा नुसार सेयर रोक्का रहने कम्पनीले जानकारी गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्