Shikhar Insurance
National Life

महानगरले चार अस्पतालको फोहोर सङ्कलन नगर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि चारवटा अस्पतालको फोहोर सङ्कलन नगर्ने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि महानगरले चार अस्पतालको फोहोर सङ्कलनमा रोक लगाईएको हो ।

महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर दीप श्रेष्ठले जानकारी दिए । कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहोर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै रोक लगाइएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फोहोर सङ्कलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहोर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका सङ्घघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । श्रेष्ठले भने,“ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक अवस्था देखिएको छ । सङ्क्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ ।’

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउँन कामपाले विगत दुई हप्तादेखी अस्पतालजन्य फोहोरको नियमित अनुगमन र आवश्यक निर्देशन दिदैँ आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्