बुटवल । बृटबलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।
नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।
अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगाएतले सोरुमको उदघाटन गरेका थिए । रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने विश्वास ब्यक्त गरे ।
शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।
प्रतिक्रिया दिनुहोस्