काठमाडौ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा बजार बन्द भएको हो ।
आज ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर किनबेच हुँदा ३ अर्व ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ कारोबार भएको छ । आज आईतबार एक कम्पनीको सेयरामा सकरात्मक सर्किट लागेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमा १०.०० प्रतिशतले सर्किट लागेको हो । चिख्र्वा हाईड्रोपावर लिमिटेडमा ८.५५ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६.६६ प्रतिशतसहित ६४ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्