Shikhar Insurance
National Life

२०२६ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्यमा सरकार प्रतिवद्ध छः मन्त्री बस्नेत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सन् २०२६ सम्ममा दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार भक्तपुरमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०÷८१ को शुभारम्भ गर्दै मन्त्री बस्नेतले सन् २०२६ सम्ममा दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले सो लक्ष्य प्राप्ति गर्न दादुरा–रुबेला खोप अभियानमा तोकिएको उमेरका प्रत्येक बालबालिकाले खोप पाएको सुनिश्चित गर्नुपर्ने बताए । उनले गत वर्षको मंसिर महिनादेखि नेपालमा दादुराको महामारी देखिएको र अझैपनि साम्य भइनसकेको बताए । दादुरा–रुबेलाको महामारी विशेषगरी तराई र काठमाडौं उपत्यका भित्रका जिल्लामा फैलिएकाले सो जिल्लाहरु दादुराको लागि उच्च जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको बताए । उनले आइतबारदेखि देशभर दादुरा–रुबेला खोप अभियान शुरु भएकाले नजिकैको खोप केन्द्रमा गएर बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘गत वर्षको मंसिर महिनादेखि नेपालमा दादुराको महामारी देखिएको थियो । अझैपनि यो साम्य भइसकेको छैन । दादुराको महामारीले हामी सबैलाई गम्भिर रुपमा सोच्न बाध्य पारेको छ । यो महामारी विशेषगरी तराई र काठमाडौं उपत्यका भित्रका जिल्लामा फैलिएको हुँदा यि जिल्लाहरु दादुराको लागि उच्च जोखिम क्षेत्र भनि पहिचान गरिएको छ । खोप सेवा विभिन्न खोप केन्द्रहरुबाट प्रदान गरिन्छ । गाउँ, टोल अनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ । त्यसैले खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सोधेर अथवा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । सन् २०२६ सम्ममा दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिवद्ध छ । यो लक्ष्य प्राप्ति गर्न दादुरा–रुबेला खोप अभियानमा तोकिएको उमेरका प्रत्येक बालबालिकाले दादुरा–रुबेला खोप पाएको सुनिश्चित गर्न अत्यन्त जरुरी छ ।’

मोहनबहादुर बस्नेत, मन्त्रीले तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी २४ जिल्लाहरुमा यो अभियान शुरु भएको र ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन आग्रह गर्नुभयो । त्यस्तै बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा–रुबेला खोप दिइएको जानकारी दिएका छन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्