Shikhar Insurance
National Life

लायन्स क्लबद्वारा अरनिको माविलाई तीन सय थान पुस्तक वितरण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १२:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । लायन्स लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ’ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् ।

क्लबकी अध्यक्ष मन्जिता परियारले विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञान सम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रम, उपन्याससहित सबैखाले पुस्तक उपलब्ध गराएको जानकारी दिईन् । आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना रहेको छ । विद्यालयका प्राधानाध्यापक बलराम चौलागाईंले यसअघि विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तक नभएकाले लाइब्रेरीमा किन जाने भन्ने अवस्था रहेको बताए । चौलागाईले भने, ‘विभिन्न खाले पुस्तक प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकले पनि पुस्तकालयको लाभ लिने छन् । यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पढ्ने र सिक्ने युवाको हक हो’ भन्ने मान्यतामा क्लबका युवाले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाइ रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्