काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्