काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ । साताको पहिलो कारोबारको दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० मूल्यमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्