काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । कम्पनीको १० गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साविक ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।
साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भएको छ ।
साथै, ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय गरेको कम्प नीले एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्