Shikhar Insurance
National Life

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ ।

सो विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदर्शनीमा प्रविधि कम्पनी रामलक्ष्मणको ‘कता हो’ डिजिटल ठेगाना एप, ड्रोन र रोबोट, भूमि सप्लायर्स कम्पनीका दुनाटपरी, फाइबर उत्पादन, केराका पातबाट डोरी मेसिन र गल्लीको नक्सा बनाउने सफ्टवेयर, लघुजलविद्युत्बारे जानकारी दिने कक्ष पनि राखिएको रोकाहाले बताए ।

प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए ।

स्वास्थ्य सहायता कक्ष

एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएका छन् भने औषधिसमेत उपलब्ध गराइएको छ ।

महासङ्घका अध्यक्ष डा झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्