काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २०.७६ अंकले घटेर २००५.८३ को बिन्दुमा बन्द भएको छ ।
बिहिबार ३०९ कम्पनीको ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ ।
आज १९७ कम्पनीको सेयर मूल्य घट्दा ४९ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहिबार १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्