काठमाडौं । नेपाल राष्ट्र बैंकले सस्थागत निक्षेपकर्ताहरुको ब्याजदर १ प्रतिशतले वृद्धि गर्ने ब्यवस्था कार्यान्वयन गरेको छ । मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा अघि सारिएको ब्यवस्था अनुसार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै सस्थागत निक्षेप कर्ताको ब्याजदर एक प्रतिशतले वृद्धि गर्ने सुनिश्चितता गरेको हो ।
यस अघिसम्म सस्थागत निक्षेप कर्ताहरुलाई सर्वसाधारण बचत कर्ताको भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने ब्यवस्था थियो । अब भने सस्थागत बचतकर्ताले सर्वसाधारणको भन्दा एक प्रतिशत मात्रै कम ब्याज पाउने छन् ।
यो निर्णयले बीमा कम्पनीहरुको आम्दानीमा पनि वृद्धि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्